• +60164 008 595
  • Janauddhar8@gmail.com

लोकप्रिय सामाजिक संस्था “जनउद्दार केन्द्र” नेपालमा पनि कानुनी रुपमा दर्ता। - DarkOct02

क्वालालम्पुर (मलेसिया):= ” श्रमिकको हित हाम्रो चाहना , पीडितको उद्दार हाम्रो कामना ” भन्ने मुल नाराको साथ मलेसियामा स्थापित लोकप्रिय संस्था सामाजिक कल्याण संघ जनउद्दार केन्द्र मलेसियाले नेपालमा पनि दर्ता प्राप्त गर्न सफल भएका छ्न।

मलेसियामा कार्यरत नेपाली श्रमिक,ब्यावसायीहरु एकजुट भैइ केशु थापाको नेतृत्वमा सन् २०१७ साल अगस्ट २० तारिखमा स्थापना भैइ सन् २०१९ मे ६ तारिखमा मलेसिया सरकारद्वारा कानुनत दर्ता प्राप्त गर्न सफल संस्था जनउद्दार केन्द्रले नेपाल सरकारको गृह मन्त्रालय मातहतमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र स्थानीय तह लगायत निकायमा कानुनत वैधानिक रुपमा ( जनउद्दार केन्द्र नेपाल ) नामबाट दर्ता भैइ प्रमाणपत्र प्राप्त गर्न सफल भएको संस्थाका मलेसिया अध्यक्ष केशु थापाले जानकारी दिनुभयो।

नेपाल सरकारको संस्था दर्ता  ऎन २०३४ को दफा (४) बमोजिम  २०७८/११/२७ गते दर्ता भइ ,  दर्ता नं. २३५ रहेको प्रमाणपत्र प्राप्त गरेको जानकारी प्राप्त भएको छ। संस्था अब नेपालमा पनि दर्ता भैईसकेको अवस्थामा आगामी दिनमा के-कस्ता सामाजिक हित हुने कार्यक्रमहरु गर्ने भन्ने बारेमा छिटै केन्द्रिय समितिको बैठक बसि कार्ययोजना बनाइने र अगाडि बढ्ने मलेसिया अध्यक्ष थापाले बताउनुभयो।

स्मरण रहोस् मलेसियामा संस्थागत रुपमा गठित सयौं नेपाली संघ-संस्था मध्य जनउद्दार केन्द्र मात्रै यस्तो संस्था हुन जसले मलेसिया सरकारबाट दर्ता प्राप्त गर्न सफल भैइ मलेसियामा विभिन्न कारणबँस दु:ख पाएका , जेल सजाय भोगिरहेका , टिकट नपाएर अलपत्र परेका , बिरामी भैइ अस्पतालमा छटपटाई रहेका हजारौं नेपाली श्रमिकहरुलाई उद्दार गरि स्वदेश फर्काएका छ्न।

Your email address will not be published. Required fields are marked *

Name *
Email *
Website
Comments *