• +60164 008 595
  • Janauddhar8@gmail.com

चाइनिज नयाँ बर्षमा जनउद्धार केन्द्रको मैत्रीपुर्ण भलिबल खेल कार्यक्रम सम्पन्न ।। - DarkOct02

भर्खरै मात्रै आफ्नो पाँचौ वार्षिकोत्सब तथा अधिबेशन सकाएको जनउद्धार केन्द्र मलेसियाले गत आइतबार पेनाङ मा मैत्रीपुर्ण महिला तथा पुरुष भलिबल प्रतियोगिता सप्पन्न गरेको छ ।
जनउद्धार केन्द्र “लभलेन” सम्पर्क समिती मुख्य आयोजक रहेको उक्त कार्यक्रममा जनउद्धार केन्द्रका विभिन्न इकाई कमिटीका खेलाडी सदस्य हरुको आन्तरिक टिम तथा फिलिपिन्स को समूह र सुदुर पश्चिम् सेवा समाजको समूह लाई अतिथी टिम को रुपमा सहभागी गराइ प्रतिस्पर्धा गराइएको कुरा केन्द्रका खेलकुद संयोजक तथा लभलेन सम्पर्क समितिका अध्यक्ष बालकृष्ण भन्डारिले सचिवालय लाई जानकारी गराएका छन । उनका अनुसार महिला तथा पुरुष गरि जम्मा दस समूह को गरिमामय उपस्थिति रहेको थियो ।।
३० जनवरी २०२२ को बिहानैदेखि सुरु गरेर सोहिदिन सकाइएको खेलमा संस्थाका सदस्य , पदाधिकारी तथा शुभचिन्तक हरुको बाक्लो उपस्थिति रहेको र खेल अत्यन्तै शौहार्दपुर्ण बाताबरणमा समापन गरिएको खेल मैदान बाट प्रीतम थापाले जानकारी गराएका छन ।
पुरुष तर्फको भलिबल खेलमा अतिथी समूह सुदुर पश्चिम् समाज प्रथम, जनउद्धार लभलेन द्धितिय र जनउद्धार केन्द्रको टिमले तृतीय स्थान हासिल गरेको छ भने महिला तर्फको खेलमा D.smucker प्रथम , sinang jagar द्वितीय र Hote babes ले तृतीय स्थान प्राप्त गरेको छ ।
कार्यक्रम लाई अझै रोचक बनाई मनोरंजन दिनको लागि भाग्यशाली उपहार कुपन समेत खुलाइएको थियो । विभिन्न ७ प्रकारका पुरस्कारहरु रहेको चिट्ठा कार्यक्रममा उपस्थित भाग्यमानी ले LED टेलिभिजन देखि घडी सम्मका उपहार जितेका छन ।
केन्द्रका अध्यक्ष केशु थापा प्रमुख अतिथि रहेको कार्यक्रममा बोल्दै उनले , परदेश मा मजदुरी गरिरहेका श्रमिक हरुले बिदाको दिनमा गर्ने यश किसिमका खेल र कार्यक्रम हरुमा आफ्नो र केन्द्रको सधै समर्थन र साथ् रहने बताए ।
कार्यक्रम मा प्रत्येक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण शुभचिन्तक ,सहयोगी , सदस्य तथा खेलाडी साथीहरू लगाएत खेलप्रेमी सबैलाई खेलकुद संयोजक बालकृष्ण भन्डारी ले आफ्नो तर्फबाट, खेलकुद बिभागको तर्फबाट र लभलेन समितिको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन ।
यश कार्यक्रममा सम्पूर्ण रूपमा सहयोग पुर्याउनु हुने ,सहयोगी संस्था , पुरस्कार सौजन्य गर्ने ब्यक्ति र संस्था, सिल्ड , मेडल, प्रमाणपत्र र अन्य ब्यबस्थापन कार्यमा सहयोग गर्नुहुने मनकारी हरु तथा इकाइ, सम्पर्क समिती , क्षेत्रीय समिती लगायत सबै सबैलाई जनउद्धार केन्द्र मलेसिया धन्यवाद व्यक्त गर्दछ । साथै बिजेता उप बिजेता र उपस्थित खेलाडी साथीहरूलाई वधाइ तथा शुभकामना ब्यक्त गर्दछ ।
धन्यवाद ।
” जहाँ श्रमजीवी त्याहाँ जनउद्धार”

Your email address will not be published. Required fields are marked *

Name *
Email *
Website
Comments *