बाँसगढी १ बर्दियाका ४२ बर्षीय भद्र बहादुर सुनारको गत डिसेम्बर १५ मा मलेसियामा निधन भएको थियोे ।
पारिवार को आर्थिक अबस्था नाजुक रहेको र मृतक लामो समयदेखी मलेसियामा अबैधानिक रुपमा काम गर्दै आइरहेको हुँदा उनको शब नेपाल पठाउने काम अलिक चुनौतीपूर्ण नै थियो । यसको बाबजुद मृतकको परिवारले लिखित निवेदन सहित सहयोगको अपिल गरेको र नेपाली दूतावास मलेसियाले पनि यश कार्यमा समन्वय गरिदिन आग्रह गरिसके
पछी , हामिले हाम्रा सदस्य शुभचिन्तक र सहयोगि मनहरु संग आर्थिक संकलन गरेर भद्र बहादुरको पार्थिब शरीर नेपाल पठाएहा हौं , भनेर केन्द्रका अध्यक्ष केशु थापाले जानकारी गराएका छन ।
पछी , हामिले हाम्रा सदस्य शुभचिन्तक र सहयोगि मनहरु संग आर्थिक संकलन गरेर भद्र बहादुरको पार्थिब शरीर नेपाल पठाएहा हौं , भनेर केन्द्रका अध्यक्ष केशु थापाले जानकारी गराएका छन ।नेपाल एअरलाइन्स मार्फत ६ जनवरी २०२२ का दिन बिहान ५:५० को उडानबाट मृतक को शब उनको आफन्तले बुझ्नेगरी नेपाल पठाइएको छ ।
जनउद्धार केन्द्रको उद्धार अभियान अन्तर्गतको यो एउटा सह्रानिय कामको लागि सबभन्दा महत्त्वपूर्ण पाटो भनेको आर्थिक नै थियो । तेसैले आर्थिक संकलन गर्न खट्नुहुने हाम्रा सम्पूर्ण सदस्य पदाधिकारी र सहयोगी हरुलाई जनउद्धार केन्द्र हार्दिक धन्यवाद दिन चाहान्छ ।
साथै भद्र बहादुर सुनार लाई हार्दिक श्रद्धाञ्जली सहित बैकुण्ठ बासको कामना गर्दै शोकाकुल परिवारजन मा समबेदना व्यक्त गर्दछौ ।
धन्यवाद
सामाजिक कल्याण संघ, जनउद्धार केन्द्र मलेसिया ।।

